punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संवैधानिक नियुक्तिका विषयमा ओली-देउवाको छलफल

Chaupati
safha napa

 

काठमाडौं, भदौ १। संवैधानिक निकायका रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहमत भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवालाइ बोलाएका थिए।

संवैधानिक निकायमा नियुक्तिका लागि कांग्रेस तयार नै रहेको बताएको नेता रमेश लेखकले जानकारी दिए। प्रधानमन्त्रीले केही दिनभित्रै संवैधानिक निकायमा नियुक्तिका लागि संवैधानिक परिषदको बोलाउने जानकारी गराएको लेखकले बताए।

देउवाले बाढी पहिरो समस्या, कोरोना संक्रमण तथा नेविसंघका कार्यकर्ताको पक्राउको विषयसमेत बैठकमा उठाएका थिए।

बैठकमा सत्तारुढ दलबाट प्रधानमन्त्री ओलीसहित पार्टी अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए। कांग्रेसका तर्फबाट देउवा र नेता रमेश लेखक सहभागी थिए।


१ भदौ २०७७, सोमवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु