punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा विषयगत समिति सदस्य हेरफेर

Chaupati
safha napa

धनगढी, साउन ३१ । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलले विषयगत समिति सदस्य हेरफेर गरेको छ ।

समितिहरुको काम कारबाही प्रभावकारी नभएको भन्दै गुनासो आइरहेको बेला कांग्रेस संसदिय दलले विषयगत समिति सदस्य हेरफेर गरेको हो ।

सार्वजनिक लेखा समितिका भरतबहादुर खड्का अर्थ विकास समितिमा परिर्वतन भएका छन्, भने लेखा समितिकै कर्ण मल्ल सामाजिक समितिमा परिर्वतन भएका छन् । यस्तै अर्थ विकास समितिका गोबिन्दराज बोहरा र सामाजिक समितिका दिल्लीराज पन्त लेखा समितिमा परिर्वतन भएका छन् ।

कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले आपसी समझदारीमा जिम्मेवारी परिर्वतन गरिएको बताए । उनले कुनै आन्तरिक विवाद नभएको र एकअर्काको सहमतिमै हेरफेर गरिएको बताए ।


३१ साउन २०७७, शनिवार १२:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु