punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेस स्वतन्त्रता विरोधी विधेयक अकोराब र बानद्वारा अस्विकार

Chaupati
safha napa

धनगढी, साउन ३१ । सुदूरपश्चिम सरकारले खर्भरै पारित गरेको प्रेस स्वतन्त्रता विरोधी विधेयक सामुदायीक रेडियो प्रसारक समिति (अकोराब) सुदूरपश्चिम प्रदेश र ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान) प्रदेश समितिले अस्विकार गरेका छन्।

आज धनगढीमा बसेको दुई समितिबीच बैठकले विधेयक अस्वीकार गर्ने निर्णय गरेको हो । एफएम रेडियो तथा टेलिभिजन प्रशारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको मर्म विपरित र प्रेस स्वतन्त्रता नियन्त्रणमुखी भएको भन्दै दुवै समितिले अस्विकार गर्ने निर्णय गरेका हुन्।

साथै उक्त विधेयक संशोधन नभए संयुक्त आन्दोलन थाल्ने समेत दुवै समितिले विज्ञप्तिमार्फत चेतावनी दिएका छन्। यस्तै उक्त विधेयकको विरोधमा प्रदेशभित्र रहेका सम्पूर्ण रेडियो तथा एफएमले कार्यक्रम तथा सन्देश समेत प्रशारण गर्ने अकोराबका प्रदेश अध्यक्ष दिर्घराज उपाध्याय र बानका प्रदेश संयोजक ज्ञानेन्द्र महताद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।


३१ साउन २०७७, शनिवार १३:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु