punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा जीप दुर्घटना, दुई जना घाइते

Chaupati
safha napa

बैतडी, साउन ३१ । महाकाली राजमार्ग अन्तर्गत बैतडीको सिल्लेगडा नजिक जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

दुर्घटनामा परी दोगडाकेदार ३ श्रीकोट सिल्लका जीप साहु ४२ वर्षीय दशरथ चन्द र श्रीकोटकै उस्कलाका ४० वर्षीय करन ऐरी घाइते भएका छन्। उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको खोचलेक प्रहरी चौकीले जनाएको छ।

सिल्लेगडाबाट खोचलेक गइरहेको से१ज ३२८ नम्बरको जीप अपरान्ह ४ बजे सिल्लेगडा नजिकैको मोडमा दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त जीपमा दुई जना मात्रै सवार रहेको प्रहरीले जनाएको छ। जीप सडकबाट २०० मिटर तल खसेको छ।


३१ साउन २०७७, शनिवार ११:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु