तीज मनाउन माइत जाँदा उल्टै सर्पको सिकार
धनगढी, साउन ३१ । महिलाहरुको विशेष पर्व तीज मनाउन माइत गएकी एक महिलाको मृत्यु भएको छ । कैलालीबाट माइती घर डोटी गएकी महिलाको सर्पले टोकेर मृत्यु भएको हो ।
सर्पको टोकाईबाट कैलालीको घोडाघोडी नगरपालिका–१ घर भई माइतीघर डोटीको बोगटान फुडसिल गाँउपालिका –७ चवरा चौतारा गएकी ३० वर्षीया खिमादेवी धामीको मृत्यु भएको हो।
तीजको अवसरमा श्रीमान खेमराज धामीसँंग उनी माइत गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
३१ साउन २०७७, शनिवार १०:२९ बजे प्रकाशित





























