punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फलामको ढोकाले किच्यो दुई बालिकाः बहिनीको मृत्यु, दिदी घाइते

Chaupati
safha napa

झापा, साउन ३१ । झापाको बिर्तामोड नगरपालिकामा फलामको ढोकाले किच्दा एक बालिकाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर १ को देवी पञ्चकन्या प्लटिङमा छिमेकीको बन्दै गरेको घरको ढोकाले किचेर सोही स्थानका निर्मल सुनुवारकी आठ वर्षीया छोरी एन्जलको मृत्यु भएको हो ।

निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा सुनुवारका खेल्दै गरेका छोरीहरू ११ वर्षीया एलुन र आठ वर्षीया एन्जला शुक्रबार गम्भीर घाइते भएका थिए ।

घाइते दुवैलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारकै क्रममा एन्जलाको मृत्यु भइसकेको र एलुनको उपचार चलिरहेको थापाले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।


३१ साउन २०७७, शनिवार ०९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु