थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, तीन जनाको मृत्यु
काठमाडौं, साउन ३१ । नेपालमा आज थप ४ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको अवस्थाबारे जानकारी दिएको हो ।
यस्तै, २४ घण्टामा तीन जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वगर गौतमले जानकारी दिए । उनकाअनुसार कपिलबस्तु, पर्सा र धनुषामा एक/एक जनाको मृत्यु भएको हो ।
यो अवधिमा १ सय २४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार २०१ जना निको भएर घर फर्किएको प्रवक्ता गौतमले जानकारी दिए ।
३१ साउन २०७७, शनिवार १०:५३ बजे प्रकाशित






























