punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्रीका पक्षमा मतदान गर्न एमाले संसदीय दलको ह्विप जारी

Chaupati
safha napa

कैलाली। सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलले मुख्यमन्त्री कमलबहादुर शाहले लिने विश्वासको मतका पक्षमा मत दिन आज आफ्ना प्रदेशसभा सदस्यलाई ‘ह्विप’ जारी गरेको छ।

संसदीय दलको कार्यालय धनगढीमा बसेको बैठकपछि बिहीवार बस्न लागेको प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्री शाहले पेस गर्नुहुने विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्विप जारी गरिएको सो दलका प्रमुख सचेतक चक्रबहादुर मल्लले जानकारी दिए।

नेपाली कांग्रेस संसदीय दलले दलका नेता एवं मुख्यमन्त्री शाहले पेस गर्ने विश्वासको मतका पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय यसअघि गरेको थियो। सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गत असार २० मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीबाट प्रदेशसभाबाट विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुहुने कार्यसूची छ।

तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाबमोजिम यही साउन १७ गते भित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ। नाउपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि सत्तापक्षीय दल कांग्रेस र एमालेसँग प्रदेशसभामा बहुमत कायम छ।

उनपाबाट सरकारमा सहभागी मन्त्री रामेश्वर चौधरीलाई पदमुक्त गरिएपछि बसेको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। प्रदेशसभामा चौथो ठूलो दल नाउपाका सात प्रदेशसभा सदस्य छन्।

५३ सदस्यीय प्रदेशसभामा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका १८ र नेकपा (एमाले)का ११ प्रदेशसभा सदस्य छन्। प्रमुख विपक्षी नेकपा (माओवादी केन्द्र) सँग ११, नेकपा (एकीकृत समाजवादी)सँग चार (एक निलम्वित), एक राप्रपा र एक स्वतन्त्र सदस्य छन्।


१५ साउन २०८२, बिहीवार ०८:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु