punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेशसभाबाट गृहमन्त्री लेखकलाई प्रश्न-७ बर्ष बित्दासम्म निर्मलाको हत्यारा कसले लुकायो ?

Chaupati
safha napa

धनगढी। सुदुरपश्चिम प्रदेशसभामा निर्मला पन्तको हत्या बिषय उठेको छ । आइतबार बसेको सुदुरपश्चिम प्रदेशसभा बैठकको शुन्य समयमा बोल्दै माओवादी केन्द्रका प्रदेशसभा सदस्य अक्कल रावलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ बर्ष पुगेपनि हत्यारा अँझै पत्ता नलागेको स्मरण गराए ।

निर्मला पन्तको हत्या भएको आज ७ बर्ष पुग्यो त्यो घटना पश्चात ५ वटा गृहमन्त्री भए र ६ वटा डिआइजि भए रावलले भने “६ वटा छानबिन समितिपनि बनेका रहेछन्, सोही जिल्लाका तत्कालिन नेता रमेश लेखकले सो घटनाका बारेमा २०७५ सालमा उहाँले निर्मलाका हत्यारा राजनितिक संरक्षणमा छन् भनेर अभिब्यक्ती दिनुभएको थियो, तर उहाँ आफै अहिले गृहमन्त्री हुनुहुन्छ, गृहमन्त्री ज्यु संरक्षण गर्ने मान्छे को हुन्, ति संरक्षण गर्ने मान्छेहरुलाई कानुनी कडघरामा ल्याउनुपर्ने कसले हो ?”

निर्मला पन्तको हत्या भएकै क्षेत्रको जनप्रतिनिधी भएर गृहमन्त्री भएपनि किन हत्यारा पत्ता लाउन नसकेको भन्दै रावलले प्रश्न गरे । घटनाको छानबिन गर्ने निकायको नेतृत्वमै पुग्दा समेत लेखकले आफ्नै क्षेत्रकी पन्तलाई न्याय दिन नसकेको उनको भनाई छ । गृहमन्त्रालयको नेतृत्व सम्हाल्दा समेत पन्तका हत्यारा पत्ता नलाग्नु दुखद रहेको बताउँदै उनले छिटो भन्दा छिटो अपराधी पत्ता लगाई कानुनी कार्वाही गर्न आग्रह गरे ।


१२ साउन २०८२, सोमवार ११:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु