punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फेरि उकालो लाग्यो सुनको मूल्य, कति पुग्यो ?

Chaupati
safha napa

 

काठमाडौं,साउन ३०। नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
बिहिबार ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज ८ सय रुपैयाँले बढ्दै प्रतितोला ९८ हजार ६०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि ६० रुपैयाँ बढेर १,३५५ मा कारोबार भइरहेको छ ।

लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य यो साताको शुरुमै घटेको भए पनि विहिबारदेखि भने बढ्न थालेको छ ।  गत शुक्रबार (साउन २३) नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।


३० साउन २०७७, शुक्रवार ०७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु