punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरको प्याराताल पर्यटकको रोजाइमा

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुरको पुनर्वास नगरपालिका–९ स्थित नेपाल–भारत सीमाक्षेत्रमा रहेको प्याराताल पर्यटकको रोजाइमा पर्न थालेको छ।

पछिल्लो समय ताल क्षेत्रमा आकर्षक कलात्मक प्रतिमा निर्माण गरिएसँगै प्याराताल आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो।

महेन्द्रनगरबाट ८० किलोमिटर र कैलालीको धनगढीबाट झन्डै २५ किलोमिटर दुरीमा रहेको ताल वरिपरिको हरियाली र सौन्दर्यले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको छ। प्यारातालमा विश्वकै दुर्लभ मानिने जलचर प्राणी ओत, पहिलो धुरे प्रजातिको कछुवाको अवलोकन गर्न सकिने स्थानीय बताउँछन्।

प्यारातालनजिक वनभोज स्थल, मयूर, गोही, माछा, ओत, कमल फूललगायतका प्रतिमा निर्माण गरिएकाले पर्यटकको आकर्षण बढ्दै गएको प्याराताल पर्यटन प्रवर्धन तथा संरक्षण समितिका संयोजक दीपेन्द्र बस्नेतले बताए। स्थानीयको सक्रिय सहभागिताका कारण तालपरिसरमा प्रतिमालगायत संरचना निर्माण गर्न गत वर्ष १६ लाख आर्थिक सहयोग पनि प्राप्त भएको थियो। जसबाट प्रतिमालगायतका संरचना निर्माण गरिएको उनले बताए। पुनर्वास नगरपालिकाका नगरप्रमुख तोयानाथ शर्माले तालको संरक्षणका लागि ताल क्षेत्रमा तटबन्ध निर्माणको काम भइरहेको बताए। जसका लागि गत आर्थिक वर्षमा ९० लाख छुट्याइएको थियो भने चालु आर्थिक वर्षमा १० लाख बजेट छुट्याइएको उनले बताए। यस क्षेत्रमा पर्यटकीय आकर्षण बढाउन पालिकाले तालको समुचित व्यवस्थापन गर्ने मेयर शर्माले बताए।

सीमाक्षेत्रमा रहेको तालको समुचित व्यवस्थापन भने गर्न नसकिएको पुनर्वास नगरपालिका–९ का वडाध्यक्ष नरबहादुर विकले बताए। स्थानीय सोवरण रानाले जिल्लाका अन्य कतिपय पर्यटकीय क्षेत्र ओझेलमा परिरहेको बेला पर्यटकको आकर्षणको केन्द्र बनेको प्यारातालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियसम्म पु¥याउन प्रचारप्रसार गर्नुपर्ने बताए। झन्डै छ किलोमिटर लम्बाइ रहेको प्याराताल सय मिटरसम्मको चौडाइमा फैलिएको छ।


८ साउन २०८२, बिहीवार ११:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु