punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक वर्षमा ८३ वन्यजन्तु मरे

Chaupati
safha napa

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन्। जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन्। जसमध्ये १८ वटा प्राकृतिक कारणले, जुधेर तीन, विद्युतीय करेन्टबाट एउटा, बाढी पहिरोबाट दुई र दलदलमा फसेर तीन वटा मरेका छन् । एउटाको कारण खुलेको छैन।

प्राकृतिक कारणले चितुवा एउटा, हात्ती पाँच वटा मरेका छन्। दुई हात्तीको मृत्युको कारण खुलेको छैन। एउटा बाघ जुधेर मरेको छभने अर्कोको कारण खुलेको छैन। चित्तल १२ वटा प्राकृतिक कारणले मरेका हुन् भने सडक दुर्घटनामा दुई चितल मरेका छन्। तारजालीमा परेर एउटा र कुकुरले टोकेर १६ चित्तल मरेका हुन्। जरायो तीन, रतुवा एउटा, घडीयाल गोही दुई, नीलगाई दुई, अजिङ्गर एक, स्याल एक, भालु एक र अन्य जनावर दुई वटा मरेका निकुञ्जले जनाएको छ।

सोही समयमा १३५ वटा जनावरको उद्धार गरिएको छ। जसमा चार गैँडा, दुई बाघ, सात चित्तल, तीन  कछुवा, ३७ सर्प रहेका छन्। त्यसैगरी अजिङ्गर ६१, मगर गोही ११, घडीयाल गोही दुई, गिद्ध दुई, गोहोरो एउट, नील बिरालो एउटा र अन्य दुई जनावरको उद्धार गरिएको छ। रासस

 


८ साउन २०८२, बिहीवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु