फूलबारीको बौलिया प्रहरी चौकी स्थानीयद्वारा घेराउ
धनगढी, साउन २९ । धनगढी उपमहनगरपालिका–१९ मा रहेका बौलिया प्रहरी चौकीलाई स्थानीयबासीले घेराउ गरेका छन् ।
बुधबार प्रहरी हिरासतको शौचालयमा एक जना घाटी रेटिएको अवस्थामा मृत फेला भएको घटनालाई लिएर स्थानीयले प्रहरी चौकी घेराउन गरेका हुन् । उनीहरुले घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका छन् ।
घट्नामा प्रहरीको लापरवाही भएको भन्दै आक्रोसित स्थानीयहरुले ईलाका प्रहरी कार्यालयमा पुगेर सत्यतथ्य छानविनको माग गरेका हुन् । स्थानीय अमृत बोहराका अनुसार दोषीलाई कार्यवाही माग गदै प्रहरी चौकीमा नारावाजी भईरहेका छ । प्रहरी चौकीमा बाक्लो रुपमा सुरक्षा तयनाथ गरिएको छ ।
बुधवार दिउँसो पौने १ बजेतिर प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका ४५ वर्षीय अमरबहादुर चन्द घाँटी रेटिएको अवस्थामा हिरासत परिसरमै मृत फेला फेला परेका थिए । चन्दका परिवारले घाटी रेटिएको अवस्थामा भेटिएको भन्दै प्रहरीको भूमिकामाथि आशंका गरेका छन् ।
घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम सशस्त्र प्रहरी गणका प्रहरी उपरिक्षक (एसपी) राजिप बस्नेतको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।
२९ साउन २०७७, बिहीवार ०७:५२ बजे प्रकाशित































