लुकाएको अवस्थामा धारामा भटियो हिरा जडित सुनको गहना
सुर्खेत, साउन २९ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ३ मा धारामा लुकाएर राखेको अवस्थामा हिरा जडित सुनका गहना फेला गरिएको छ ।
प्रहरीले बुधबार राति वीरेन्द्रनगर नगरपालिका– ३ का मानबहादुर सुनारको आँगनको धारामा लुकाएर राखेको हिराजडित सुनका बहुमूल्य गहना फेला पारेको हो ।
प्रहरीले विशेष सूचनाको आधारमा मानबहादुर सुनारको घरमा खानतलासी गर्दा केही पहेलो रंगको धातुजस्तो देखिने वस्तु भेटिएको थियो ।
उक्त वस्तुका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले बताए ।
२९ साउन २०७७, बिहीवार ०६:२७ बजे प्रकाशित






























