punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा ६ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

धनगढी, साउन २८ । सुदूरपश्चिम प्रदेशमा आज थप ६ जनामा कोरोना संक्रमण भएको छ । डडेल्धुरा प्रयोगशालामा एक सय ४० जनाको नमुना परीक्षण हुँदा तीन जनामा कोरोना पुष्टि भएको अस्पतालका ल्याब ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार डोटीको आर्दश गाउँपालिका –५ का १ पुरुष र १ महिलागरी २ जना, त्यसैगरी बैतडीको सुर्नया गाउँपालिकाका एक पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै सेती प्रादेशिक अस्पतालमा ४ सय ९१ जनाको नमुना परीक्षण हुँदा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको टीकापुर नगरपालिका ४३ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको बताए ।
भरतपुर अस्पताल प्रयोगशाला र पाटन अस्पताल प्रयोगशालामा सुदूरपश्चिमका थप दुईजनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पाटन अस्पतालमा बैतडीका एक र भरतपुर अस्पतालमा कैलालीका एक गरी दुईजनामा संक्रमण पुष्टि भएको बताए।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार नौ सय ५९ पुगेको छ। सबैभन्दा बढि कैलालीमा सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशमा हालसम्म चार हजार ५५ संक्रमित निको भएर घर फर्किसकेका छन् भने १० जनाको मृत्यु भएको छ।


२८ साउन २०७७, बुधवार १२:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु