punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीका १३ स्थानीय तहमा ४७ करोडभन्दा बढी बेरुजु, सबैभन्दा बढी बेरुजु मोहन्याल गाउँपालिकामा

Chaupati
safha napa

धनगढी । आर्थिक वर्ष २०८०र ८१ मा कैलाली जिल्लाका १३ वटा स्थानीय तहमा ४७ करोड ६९ लाख २४ हजार रुपैयाँ बेरुजु देखिएको छ। महालेखा परीक्षक कार्यालयको ६२औं वार्षिक प्रतिवेदनअनुसार जिल्लाभरका स्थानीय तहको लेखा परीक्षण गर्दा यस्तो बेरुजु देखिएको हो।

प्रतिवेदनअनुसार सबैभन्दा बढी बेरुजु मोहन्याल गाउँपालिकामा देखिएको छ। गाउँपालिकाको कूल बजेट ९७ करोड २७ लाख ५९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ७ करोड ६ लाख ७३ हजार रुपैयाँ बेरुजु देखिएको हो।

त्यसैगरी लम्कीचुहा नगरपालिकाको १ अर्ब ८५ करोड ४८ लाख ९२ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ५ करोड ५७ लाख ८८ हजार बेरुजु देखिएको छ। गोदावरी नगरपालिकामा पनि ३ अर्ब ८१ लाख ३८ हजारको लेखा परिक्षण गर्दा ५ करोड ८ लाख ७४ हजार बेरुजु देखिएको छ।

भजनी नगरपालिकाको १ अर्ब ५३ करोड ४ लाख ७६ हजारको लेखा परीक्षणमा ४ करोड ७४ लाख ९५ हजार बेरुजु भेटिएको छ। धनगढी उपमहानगरपालिकाको ४ अर्ब ४१ करोड ७७ लाख २९ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ४ करोड ७२ लाख ६९ हजार बेरुजु देखिएको हो।

टीकापुर नगरपालिकामा ४ करोड २९ लाख ७ हजार, कैलारी गाउँपालिकामा ३ करोड ३८ लाख २५ हजार, गौरीगंगा नगरपालिकामा ३ करोड २० लाख ९५ हजार, घोडाघोडी नगरपालिकामा ३ करोड १७ लाख ४९ हजार, चुरे गाउँपालिकामा २ करोड ५३ लाख ६६ हजार, जानकी गाउँपालिकामा १ करोड ५५ लाख ९० हजार, र बर्दगोरिया गाउँपालिकामा १ करोड ३६ लाख १४ हजार बेरुजु देखिएको छ।

सबैभन्दा कम बेरुजु जोशीपुर गाउँपालिकामा देखिएको छ। १ अर्ब १० करोड ४० लाख ४४ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ९६ लाख ७९ हजार रुपैयाँ मात्र बेरुजु देखिएको हो।


२ जेठ २०८२, शुक्रवार १४:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु