punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम स्थानीय तहका कर्मचारीलाई कार्य क्षेत्रमा फर्कन आग्रह

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर आ–आफ्नो कार्य क्षेत्रमा फर्कन आग्रह गर्नु भएको छ ।

आज प्रेस विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीले प्रदेश सरकारले कर्मचारीको वृत्ति विकासमा परेको अप्ठयारालाईसमेत मध्यनजर गरेर स्थानीय सेवा ऐन चाँडै जारी गर्ने भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिएर कार्यक्षेत्रमा फर्कन आग्रह गर्नु भएको हो ।

स्थानीय सेवा सम्बन्धी ऐन प्रदेश सभाबाट चाँडै जारी हुने मुख्यमन्त्रीको भनाइ छ । यो ऐन चाँडै जारी होस भनेर प्रदेश सरकारले प्रदेश सभाको अधिवेसन आह्वानका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको र सोही अनुसार जेठ ११ गते अधिवेशन पनि आह्वान भइसकेको विज्ञप्तीमा उल्लेख छ । स्थानीय तहमा कार्यरत कर्मचारीको वृत्ति विकास सम्बन्धि विषयमा प्रदेश सरकार सकारात्मक रहेको मुख्यमन्त्रीको प्रतिवद्धता छ ।

सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा विचाराधीन अवस्थामा रहेको छ । प्रदेश सभाको विधायन तथा प्रदेश मामिला समितिले दफावार छलफल पश्चात आफ्नो प्रतिवेदनसमेत प्रदेश सभामा दर्ता गरिसकेको छ । स्थानीय सेवा ऐन चाँडै जारी गराउन दबाबस्वरुप स्थानीय तहका कर्मचारीले कार्यालयको कामकाज ठप्प पारेर आन्दोलन गर्दै आएका छन् । उनीहरुले मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडि दैनिक धर्ना दिँदै आएका छन् ।


२ जेठ २०८२, शुक्रवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु