punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महायज्ञबाट मानवसेवा आश्रम धनगढीको चार करोड ७४ लाख सङ्कलन

Chaupati
safha napa

कैलाली। मानवसेवा आश्रमले ‘श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८१’ बाट चार करोड ७४ लाख ३० हजार चार सय ३५ सङ्कलन गरेको छ।

आश्रमको कैलाली शाखाले गत वर्ष २०८१ माघ २३ देखि ३० गतेसम्म धनगढीमा आयोजना गरेको महायज्ञबाट उक्त रकम सङ्कलन गरेको हो। आश्रमले शनिवार धनगढीमा आयव्यय विवरण सार्वजनिक गरेको हो। महायज्ञमा नगद, क्युआर तथा अनलाइन माध्यम र चेकबाट गरी ८१ लाख ८१ हजार नौ सय ७८ सङ्कलन भएको र बाँकी रकमको प्रतिबद्धता रहेको महायज्ञ मूल आयोजक समितिका संयोजक मदनबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार सरकारी निकायबाट २७ लाख ८१ हजार एक सय १२, संस्थागत दुई करोड ४८ लाख ९९ हजार पाँच सय ८४ र व्यक्तिगत एक करोड १३ लाख २६ हजार पाँच ७४ प्रतिबद्धता रकम भएको छ। प्रतिबद्धता गरिएको रकममध्ये हालसम्म १४ लाख ८२ हजार ४६ प्राप्त भएको उनले जानकारी दिए।

त्यस्तै, महायज्ञमा एक लाख ४४ हजार दुई सय ५० दान पेटिकामा दान प्राप्त भएको, ८३ हजार दुई सय ५२ गोप्यदान र १३ हजार छ सय ७५ बराबरको जिन्सी दान प्राप्त भएको उले जानकारी दिए। महायज्ञ सम्पन्न गर्न ४९ लाख ६८ हजार आठ सय ६५ खर्च भएको कुँवरले जानकारी दिए। मानवसेवा आश्रमको धनगढी उपमहानगरपालिका–१५ उर्मीमा दुई बिघा जग्गामा निर्माण सुरु गरिएकोे सुदूरपश्चिम प्रदेशस्तरीय भवन निर्माण सम्पन्न गर्न सहयोगार्थ महायज्ञको आयोजना गरिएको जनाइएको छ।

उक्त भवन निर्माण भएपछि सुदूरपश्चिमका दुई सय ५० जना सहयोगापेक्षी सडक आश्रित मानवलाई संरक्षण एवं सेवा प्रवाह गर्न सकिने आश्रमले जनाएको छ। विसं २०७५ मङ्सिर १ गतेबाट धनगढी उपहानगरपालिका–५ तारानगरमा घर भाडामा लिई मानवसेवा आश्रम कैलाली शाखाले सेवा शुभारम्भ गरेको जनाइएको छ।
 


२८ वैशाख २०८२, आइतवार ०९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु