सीमामा लुटिँदै घर फर्किने नेपाली

धनगढी।भारतसँग सीमाना जोडिएका सुदूरपश्चिमका प्रमुख दुई नाका कैलालीको त्रिनगर भन्सार र कञ्चनपुरको गड्डा चौकी नाकामा नेपालीहरुले चेकजाँचका क्रममा लुटिने गरेको गुनासो गरेका छन् ।

भारत–पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको कारण नेपालीहरु धमाधम घर फर्किरहेका थिए । कामको सिलसिलामा भारतमा रहेका र नाकामा आवतजावत गर्ने नेपालीहरुले निक्कै समस्या भोग्नु परेको बताएका छन् । नाकाम चेकजाँचको क्रममा भारतीय सुरक्षा कर्मीहरुले अनावश्यक दुःख दिएर पैसा समेत लिने गरेको नेपालीहरुको गुनासो छ । कैलालीको त्रिनगर भन्सार नाकामा परिचय पत्र देखाउदा पनि भारतीय प्रहरीले आफ्नो खल्तीबाट एक हजार रुपियाँ लिएको भारतबाट नेपाल र्फकेका कैलालीका अर्जुनबहादुर पार्कीले बताए ।

 


२८ वैशाख २०८२, आइतवार ०९:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु