punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट आएर क्वारेन्टाइनमा बसेकै दिन करेन्ट लागेर मृत्यु

Chaupati
safha napa

कञ्चनपुर, साउन २७ । कञ्चनपुरमा करेन्ट लागेर क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टाइनमा करेन्ट लागेर २२ वर्षीया राधा वडको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले नुहाउने क्रममा करेन्ट लागेर घाइते भएकी वडको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए।

उनका अनुसार वड श्रीमानसँगै मंगलबार मात्रै भारतको बैङ्लोरबाट आएर क्वारेन्टाइनमा बसेकी थिइन्।


२७ साउन २०७७, मंगलवार १५:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु