punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरपालिकाले पायल्स, फिसर र फिस्टुलाको निशुल्क शल्यक्रिया गर्दै

Chaupati
safha napa

धनगढी। धनगढी उपमहानगरपालिकाले पायल्स, फिसर र फिस्टुलाको निशुल्क परीक्षण पश्चात् शल्यक्रिया गर्न थालेको छ। चैत २५ देखि २९ गतेसम्म धनगढीको विभिन्न पाँच स्थानमा निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उपमहानगरपालिकाले तीन दिनसम्म बिरामीको आयुर्वेद पद्धतिअनुसार शल्यक्रिया गर्न लागेको हो।

काठमाडौंको किर्तिपुर आयुर्वेद अस्पतालका आयुर्वेद सर्जन डाक्टर मदन भण्डारीले बिरामीको शल्यक्रिया गरिरहेको आयुर्वेद स्वास्थ्य शाखा प्रमुख डाक्टर रविन्द्रकुमार यादवले बताए। चैत २५ देखि २९ गतेसम्म उपमहानगरपालिकाको वडा नम्बर १८, वडा नम्बर १६, वडा नम्बर ११, वडा नम्बर १० र वडा नम्बर ४ मा निस्शुल्क स्वास्थ्य शिविर राखिएको थियो। स्वास्थ्य शिविरमा २५६ जना बिरामीलाई उपचार तथा परामर्श सेवा प्रदान गरिएको डाक्टर यादवले बताए।

स्वास्थ्य शिविरमा आएका बिरामी मध्ये ५३ जनाको पायल्स, फिसर र फिस्टुलाको छारसुत्र बिधिबाट शल्यक्रिया गर्न सिफारिस गरिएको थियो। ५३ जना मध्ये बैशाख ३ गते १६ जनाको शल्यक्रिया भएको छ भने बाँकी बिरामीको बैशाख ४ र ५ गते उर्मा आयुर्वेद औषधालयमा शल्यक्रिया हुने डाक्टर यादवले बताए। हरेक महिना वडामा विशेषज्ञ वडा क्लिनिक सञ्चालन गरिरहेको उपमहानगरले समय-समयमा क्यान्सर लगायतका बिरामी पत्ता लगाउन निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। यो पटक पायल्स, फिसर फिस्टुलाका बिरामीको निशुल्क स्वास्थ्य परीक्षण र शल्यक्रिया गर्न लागिएको हो।


४ वैशाख २०८२, बिहीवार १४:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु