punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस कैलाली पार्टी सचिव मिश्र र नेविसंघ केन्द्रीय सदस्य बमविरुद्ध उजुरी

Chaupati
safha napa

धनगढी । कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा आचारसंहिता विपरित कार्य गर्ने पार्टी तथा भातृ संगठनका पदाधिकारीविरुद्ध कारबाहीका लागि उजुरी परेको छ ।

नेबिसंघका उम्मेदवारलाई असहयोग गरेको भन्दै पार्टीका जिल्ला सचिव केशव मिश्र, नेविसंघका केन्द्रीय सदस्य घनश्याम बम र नेविसंघबाटै २०७९ मा कैलाली बहुमुखी क्याम्पसको कोषाध्यक्ष बनेकी अम्बिका चौधरीमाथि कारबाहीको मागसहित नेपाली कांग्रेस कैलालीमा उजुरी गरिएको छ ।

जिल्ला सचिव मिश्रले कैलाली बहुमुखी क्याम्पसको २०७९ सालको निर्वाचनमा पार्टीबाट प्राप्त रकम सो समयमा कोषाध्यक्षकी उम्मेदवार अम्बिकालाई व्यक्तिगत दिएको तर, अन्य उम्मेदवारलाई नदिई अनियमितता गरेको र अहिलेको निर्वाचनमा पनि नेविसंघका उम्मेदवारलाई असहयोग गर्दै अम्बिकालाई स्वतन्त्र उम्मेदवार बनाएको नेविसंघको आरोप रहेको छ ।
नेविसंघका केन्द्रिय सदस्य बमले पनि निर्वाचन अघि नेविसंघको उम्मेदवार अम्बिका भएको दाबी गरेको, नेविसंघलाई पराजय गर्ने गरि अभिव्यक्ति दिएको, अम्बिकाका लागि घर(घर गई विद्यार्थीहरुसंग भेटघाट गर्दै मत मागेको, सामाजिक सञ्जालमा नेविसंघका लागि सहयोग नगर्नु र स्वतन्त्र जिताउ अभियान चलाएको, अम्बिका लागि मत मागेको स्पष्ट देखिएकोले नेविसंघ कैलाली बहुमुखी क्याम्पस ईकाईले कार्वाहीका लागि पार्टीलाई सिफारिस गरेको छ ।

यसरी नेविसंघ र नेपाली कांग्रेस पार्टीको विधान, आचारसंहिता र मर्यादा विपरितका गतिविधिमा संलग्न भई नेविसंघका उम्मेदवार र समग्र नेविसंघलाई आघात पुर्याउने माथि उल्लेख पार्टीसंग सम्बन्धित व्यक्तिलाई पार्टीको विधि, विधान र नियम बमोजिम अनुसन्धान गरि आवश्यक कारबाहि गरि दिन अनुरोध गर्दछौं’ सिफारिसमा भनिएको छ,’नेविसंघबाट उम्मेदवार रहेकाहरुले संयुक्त रुपमा प्राप्त प्रमाणहरु, उम्मेदवार र नेविसंघ कैलाली बहुमुखी क्याम्पसका आस्थावानहरुको हष्ताक्षर र उजुरी गर्ने निर्णय समेतको प्रतिलिपिसहित यो उजुरी पत्र पेश गरेका छौं ।’

पार्टीमा पेश भएको उजुरीपत्र पार्टीको अनुशासन समिति, नेविसंघ केन्द्रिय कार्यसमिति, जिल्ला कार्य समिति, अनुशासन समितिमा पनि पेश गरिएको छ ।


४ वैशाख २०८२, बिहीवार १६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु