punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूर पहाडका बालीनालीमा असिना पानीले क्षति

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा असिना पानीले बालीनालीमा क्षति गरेको छ। बैतडी लगायतका जिल्लाहरूमा असिना पानीले बालीनालीमा क्षति गरेको हो।

शनिवार दिउँसो परेको असिनाले काटेर भित्र्याउने बेलाका गहुँ बालीसँगै साग, तरकारीका बेर्ना र फलफूलमा क्षति गरेको छ। रोप्न तयार पारेका तरकारीका बेर्नाको नामोनिसान नरहने गरी नष्ट पारेपछि यहाँका किसान चिन्तित भएका छन्।

शनिवार दिउँसो तीन बजेतिर परेको असिना पानीले पाटन नगरपालिका– ८ र ९ मा अन्नबाली तथा तरकारी खेतीमा क्षति गरेको किसानहरूले बताएका छन। सूर्नया गाउँपालिका–६ को मुसे, रौटेलगायत गाउँमा परेको असिना पानीले क्षति गरेको छ। किसानको पाक्न लागेको गहुँ बाली सखाप पारेपछि बर्खाको समय अब के खाने भन्दै किसानहरू चिन्तामा छन्। शनिवार दिउँसो ३ बजे मुसलधारे वर्षासँगै परेको असिना पानीले अधिकांश किसानको गहुँ बालीमा क्षति भएको हो।

असिनाले धेरैजसो गाउँमा किसानको गहुँ बाली, सागपातका बेर्ना र फलफूलमा क्षति गरेपछि अहिले यहाँका किसान चिन्तित भएको ज्याफूका लोकबहादुर ऐरीले बताए। शनिवारको असिना पानीले बैतडीका विभिन्न ठाउँमा ठुलो क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ। तरकारी र हिउँदे बालीलाई अहिले असिना पानीले क्षति गरेपछि किसान तनावमा छन्।

 

 


३१ चैत २०८१, आइतवार ०९:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु