punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

Chaupati
safha napa

कैलाली। सुदूरपश्चिमवासीले मनाउँदै आएको बिसु पर्व अर्थात् नयाँ साल नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्किदैछन्।

कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल, नेपाल चेक पोष्टले जनाएको छ। चेक पोष्टका अनुसार भारतको मुम्बई, दिल्ली, मथुरा, पुना, गुजरात, सुरतलगायत विभिन्न सहरबाट दैनिक एक हजारभन्दा बढी नेपाली भित्रिरहेका छन्। चाडपर्व नजिएकाले भारत जानेभन्दा नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको बताइएको छ।

अन्य विदेशीमुलुक जान बढी खर्च लाग्ने, भिसाको आवश्यकता पर्नेलगायत विविध कारणले धेरै जसो नेपाली रोजगारीका लागि भारत जाने गर्दछन्। लामो समयदेखि भारतको दिल्लीस्थित होटेलमा काम गर्दै आउनुभएका जयपृथ्वी नगरपालिका–५ का गङ्गादत्त जोशीले विसु पर्व मनाउनकै लागि घर फर्केको बताए। ‘बिसु पर्व अर्थात् नयाँ सालमा परिवारका सदस्यहरुबिच एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार खाइ रमाइलो गर्ने गरिन्छ’, जोशीले भने, ‘जसले घरबाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको आभास रमाइलो मै बित्छ।’

भारतको कानपुरमा रोजगार गरी घर फर्कदैँ गरेका डडेल्धुराका धनबहादुर कुँवरले पारिवारिक भेटघाट तथा बिसु मनाउन घर फर्केको बताए। खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ। खेतीपाती नहुने लामो समयको अन्तरालपछि विशेष गरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन्।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका अधिकांश मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाव, हरियाणा, बैङ्लोरलगायत ठूला सहरमा जाने गर्दछन्।


३१ चैत २०८१, आइतवार ०९:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु