punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको सुप होटलबाट सञ्चालकसहित १३ जना जुवाडे पक्राउ

Chaupati
safha napa

धनगढी।धनगढीमा एक लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ को भाटभटेनी सुपर मार्केट नजिकै रहेको सुप रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहितका १३ जनालाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले बताए।

पक्राउ पर्नेमा होटल सञ्चालक ४० वर्षीय खडक कुँवर,धनगढी–३ का ४५ वर्षीय दानबहादुर विष्ट, ४१ वर्षका नवीन थापा, ३० वर्षका मनोज चन्द, झलक रावल, धर्म रोकाया, मिनबहादुर चन्द, घोडाघोडी नगरपालिका–२ बस्ने ४१ कअ दुर्गा अधिकारी रहेको डीएसपी बोहराले बताए।

यस्तै बझाङको छविस पाथिभेरा गाउँपालिका–२ का ३८ वर्षीय उधव कठायत, सुर्य कठायत, धनसिंह विष्ट, केदारस्यु गाउँपालिका–६ का पवन धामी र बैतडीको सिगास गाउँपालिका–१ बस्ने २८ वर्षीय दिनेश पन्तलाई पक्राउ गरिएको छ।उनीहरूको साथबाट १ लाख १२ हजार ३२० रूपैयाँ बरामद गरिएको छ भने ३ गड्डी तास, दुईवटा मोटरसाइकल र एउटा स्कुटर पनि बरामद गरिएको छ। सबैलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


३० चैत २०८१, शनिवार १०:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु