punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बजेटको अभावले अस्पताल सञ्चालन गर्न समस्या

Chaupati
safha napa

धनगढी। कैलालीको कैलारी गाउँपालिकामा बनेको १५ शय्याको अस्पताल सञ्चालन गर्न समस्या भएको छ।

सङ्घीय सरकारको नीति अनुरूप बनाइएको सो अस्पताल बजेट अभावका कारण सञ्चालन गर्न समस्या भएको हो । जनशक्ति र उपकरण व्यवस्थापन गर्न बजेट नरहेकाले अस्पताल सञ्चालनमा आउन नसकेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए। १५ शय्याको अस्पताल सञ्चालनका लागि भव्य संरचना तयार भइसकेको छ।

तर पालिकासँग अस्पतालका लागि बजेट छैन। भवन बने पनि अस्पताल व्यवस्थापन गर्न चुनौती रहेको गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए। मुलुकको प्रत्येक पालिकामा १५ शय्याको अस्पताल सञ्चालन गर्ने नेपाल सरकारको नीति अनुरूप २०७० अनुसार २९ गते ठेक्का सम्झौता गरेर वडा नम्बर ५ को बैजपुरमा अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको थियो।

भ्याटसहित १८ करोड ५२ लाख रुपियाँमा रोयल कन्स्ट्रक्सन जेभीले अस्पताल बनाएको छ। निर्माण कम्पनीले अस्पतालको निर्माणको काम पूरा गरिसकेको छ। तर बजेट नपुगेका कारण गाउँपालिकाले निर्माण कम्पनीलाई तीन करोड चार लाखभन्दा बढी रुपियाँ भुक्तानी दिन बाँकी रहेको छ। निर्माण कम्पनीलाई पूरै भुक्तानी नदिइएकाले कम्पनीले हालसम्म अस्पताल हस्तान्तरण नगरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले बताए।

उनले अस्पताल भवन तयार भए पनि बजेटको पर्खाइमा रहेको उल्लेख गरे। विशेषज्ञ सेवासहित १५ शय्याको अस्पताल सञ्चालन गर्न एक वर्षमा न्यूनतम पाँच करोड रुपियाँ आवश्यक पर्ने स्वास्थ्य शाखा प्रमुख चौधरीको भनाइ छ। गाउँघरमै अस्पताल सञ्चालन भएमा औषधोपचारमा सहज हुने भन्दै स्थानीयले भने यथाशीघ्र अस्पताल सञ्चालन गर्न माग गरेका छन्।

अस्पताल बनेको ठाउँमा यसअघि विद्यालय रहेको थियो। विद्यालय हटाएर बनेको अस्पताल चाँडै सञ्चालनमा आउनुपर्ने स्थानीयको जोड छ। कोरोना महाकारीको क्रममा तत्कालीन सर्वोदय आधारभूत विद्यालयलाई कोभिड अस्पतालको रूपमा प्रयोग गरिएको थियो। त्यसैमा १५ शय्याको अस्पताल भवन निर्माण गरिएको हो।


२९ चैत २०८१, शुक्रवार ११:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु