punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा लागनी तथा विकास सम्मेलनको तयारी तीव्र…….

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिम सरकारले आयोजना गर्ने लगानी तथा विकास सम्मेलनको तयारी तीव्र पारिएको छ।

मूल आयोजक समितिले बिहिवार धनगढीमा प्रदेशका ८८ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूसँग बैठक गरेको हो। बैठकमा पूर्व मन्त्रीहरू, प्रतिनिधि सभाका सदस्यहरू, प्रदेश सभा सदस्यहरू, विभिन्न क्षेत्रका विज्ञहरूको समेत सहभागी रहेका थिए।

समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने लगायतका निर्णयहरू गरिएको छ। सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा धनगढीमा बसेको मूल आयोजक समितिको बैठकले सबै समितिले कार्यतालिका बनाइ आ–आफ्नो कार्य सम्पादन गर्ने निर्णय गरेको हो। बैठकका अध्यक्षसमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहले बुँदागत रूपमा निर्णयहरू सार्वजनिक गरेका थिए। उनले भने, ‘प्रदेश सरकारले गरेको निर्णयहरू, सम्मेलनको मिति, समितिहरू, कार्यसर्त र हालसम्मको प्रगतिको जानकारी लिइयो। प्रदेश लगानी तथा विकास सम्मेलनको तयारीलाई निरन्तरता दिन सबै समितिहरूले कार्यतालिका बनाइ अ–आफ्नो कार्य सम्पादक गर्ने निर्णय गरियो।’

बैठकले संघ र प्रदेशका मन्त्रालय, निकायहरू तथा स्थानीय तहहरुसँगको समन्वय र सहयोगमा थप गृहकार्य र सम्मेलन तयारीका सबै कार्यहरू कार्यकारी समितिले गर्ने निर्णय गरेको छ। बैठकले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विकास साझेदार, लगानीकर्ता, स्थानीय उद्योगी व्यवसायीको व्यापक परामर्श र सहभागिता सुनिश्चित गरी सुदूरपश्चिम प्रदेश लगानी तथा विकास पूर्व सम्मेलन बैठक आयोजना गर्ने निर्णय गरेको छ। पूर्व सम्मेलन बैठकलाई सबै तहका सरकारका सम्बन्धित निकायहरूको समन्वयमा सफल बनाउने निर्णय गरेको छ। उनले भने, ‘पूर्व सम्मेलन बैठकलाई परियोजना पहिचान, प्रस्तुति, परिष्कृत गर्ने फोरमका रूपमा पहिचान गर्ने निर्णय गरियो।’

पूर्व सम्मेलन बैठकलाई परियोजना पहिचान, प्रस्तुति र परिष्कृत गर्ने फोरमको रूपमा लिइने निर्णय गरिएको छ। सुदूरपश्चिम प्रदेशका सबै पालिकाबाट लगानी तथा विकास सम्मेलनको सम्भावित उच्च प्राथमिकताको एक÷एक वटा आयोजना सिफारिस गरी आगामी वैशाखभित्र सचिवालयमा पठाउने बैठकले निर्णयसमेत गरेको छ। बैठकमा लगानी तथा विकास सम्मेलनका सन्दर्भमा प्रदेश सरकारले गरिएका निर्णयहरू र हालसम्मको प्रगतिबारे जानकारी गराइएको थियो।

सुदूरपश्चिम स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले लगानी तथा विकास सम्मेलनमा समावेश हुन सक्ने विषयमा सुझाव दिएका छन्।


२९ चैत २०८१, शुक्रवार ०६:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु