punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरका यातायात मजदुर आन्दोलित, सवारी सञ्चालनमा रोक

Chaupati
safha napa

धनगढी। कञ्चनपुरका यातायात मजदुर आन्दोलित भएका छन।

सवारी दुर्घटनामा पक्राउ परेका एक चालक पुर्पक्षका लागि कारागार चलान भएका छन्। उनी कारागार चलान भएपछि बिहिवारदेखि जिल्लाका सवारी मजदुरहरू आन्दोलित भएका हुन्।

कञ्चनपुरका तीन मजदुर संघ÷संगठनको अगुवाइमा महेन्द्रनगर बसपार्कसहित पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्द गरिएको छ। यातायात व्यवसायीहरूले महेन्द्र राजमार्गको चम्पापुर, भासी पुल र बसपार्कमा अवरुद्ध गरेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले राजमार्ग बन्द रहेको बताए। उनले अवरुद्ध राजमार्ग खुलाउनका लागि यातायात व्यवसायीसँग छलफल भइरहेको समेत बताएका छन्।

गत माघ १९ गते महेन्द्रनगरबाट धनगढी आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ज ४४७ नम्बरको बस कृष्णपुर नगरपालिका–२, बंकमा सोही दिशामा आउदै प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सनत रेग्मी र सवार कमलकान्त जोशी सामान्य घाइते भएका थिए। उनीहरूको उपचार धनगढीस्थित निसर्ग अस्पतालमा भएको हो। उनीहरु उपचारपछि घर फर्किएका छन्। तर, डिस्चार्ज भइसकेका जोशीले इलाका प्रहरी कार्यालय झलारीमा अंगभंगको मुद्दा दर्ता गराएका छन्।

प्रहरी प्रशासनले कुनै छानबिन नगरी मुद्दा अघि बढाएको र चालक अवस्थीलाई दुई महिनादेखि बिना कारण अनावश्यक हिरासतमा राखिएको आरोप मजदुर संगठनहरूले लगाएका छन्। विज्ञप्तिमा अदालतमार्फत उनलाई कारागार चलान गराउन खोजिएको भन्दै आपत्ति जनाइएको छ। संगठनहरूले चालक अवस्थीलाई अन्यायपूर्वक थुनामा राखेर मानसिक यातना दिइएको आरोप लगाउँदै उनको अविलम्ब रिहाइको माग गरेका छन्।

माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी यातायात मजदुरहरूको छ। संयुक्त विज्ञप्तिमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल ट्रेड युनियन महासङ्घ, समन्वय समिति, कञ्चनपुरले हस्ताक्षर गरेका छन्।


२२ चैत २०८१, शुक्रवार १५:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु