punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चार लाखको सुपारी लिएर दम्पतीको हत्या ! चार जना पक्राउ

Chaupati
safha napa

धनगढी, साउन २६ । कञ्चनपुरमा चार लाख रुपैयाँको सुपारी लिएर दम्पत्तीको हत्या गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्लाको बेलौरी नगरपालिकाका ६२ वर्षीय घनश्याम खाती र उनकी ५५ वर्षीया श्रीमती बालादेवीको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बेलौरी नगरपालिका वडा नम्बर ७ का ५३ वर्षीय प्रकाश ऐर, ३५ वर्षीय दिनेश राना, हात्तीबोझाका ३६ वर्षीय होरी राना र कृष्णपुर नगरपालिका वडा नम्बर २ का ४५ वर्षीय रबि राना रहेका छन्।

चारैजनाले खाती दम्पत्तीको योजनाबद्ध रुपमा हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले बताए। गत शुक्रबार राती धारिलो हतियार प्रहारबाट बालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमानको उपचारका क्रममा आइतबार मृत्यु भएको थियो ।

अनुसन्धानका क्रममा प्रहरीले सुरुमा उनका छोरालाई नियन्त्रणमा लिएको थियो। तर अनुसन्धान गर्दै जाँदा छोराको संग्लनता देखिएको थिएन। अनुसन्धानकै क्रममा मृतकका छिमेकी प्रकाश ऐरले चार लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको खुलेको प्रहरी नायब उपरीक्षक थापाक्षेत्रीले बताए।

छिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद भएको पाइएको छ । प्रहरीकाअनुसार प्रकाशले उनीहरुमा बोक्सी रहेको भन्दै तन्त्रमन्त्र गर्ने व्यक्तिलाई चारलाख रुपैयाँ दिएर हत्या गर्न लगाएका थिए ।


२६ साउन २०७७, सोमवार ११:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु