कञ्चनपुरका ४ क्याम्पसमा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी
धनगढी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत कञ्चनपुरका ६ क्याम्पसमा भएकाे स्ववियु चुनावकाे अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
ती मध्ये चार क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र दुई क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विजयी भएकाे छ ।
दोधाराचाँदनीको भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श, बेलौरीको महाकाली बहुमुखी, पुनर्वासको जनता बहुमुखी, कलकत्ताको रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसमा भएको चुनावको परिणाम सार्वजनिक भएको हो ।
ती मध्ये नेपाल विद्यार्थी संघले जनता बहुमुखी क्याम्पस(विकास खड्का) प्यानलसहित, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस(मोहन जैसी), दोधारा चाँदनीको भानु बहुमुखी क्याम्पस(सुवास नेगी) प्यानलसहित,र कञ्चन बहुमुखी क्याम्पसमा (सुनिल ऐर) जितेकाे छ ।
यस्तै, बेलौरीको रामपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी( रविना राना) प्यानलसहित र बेलाैरीकै महाकाली बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित भएका छन् ।
केही क्याम्पसमा विवादका कारण स्ववियु निर्वाचन हुन सकेकाे छैन् ।
६ चैत २०८१, बुधवार ०८:३७ बजे प्रकाशित













