punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरा बहुमुखी क्याम्पसको स्वबियु सभापतिमा नेबिसंघका गौरव ऐर विजयी

Chaupati
safha napa

डडेलधुरा। डडेल्धुरा बहुमुखी क्याम्पसमा हिजो सम्पन्न स्ववियु निर्वाचनमा सभापतिमा नेविसंघका गौरव ऐर निर्वाचित भएका छन् । ऐर नेतृत्वको प्यानलले कूल खसेको ३७५ मध्ये १८४ मत प्राप्त गरि बिजयी भएको छ ।

उनका प्रतिस्पर्धीको रुपमा संयुक्त प्यानलबाट मदन बोहरा र स्वतन्त्र उमेदवार कर्ण धामी सभापतिमा लडेका थिए । नेपाली काँग्रेस बीपी निकट बोहरालाई एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र मााओवादी केन्द्र निकट क्रान्तिकारी विद्यार्थी युनियनको समर्थन थियो । मदन बोहराले १२८ मत पाए भने स्वतन्त्र उम्मेदवार कर्ण धामीले ५२ मत पाए ।

५ सय ५२ विद्यार्थी ९मतदाता० रहेको उक्त क्याम्पसमा तीन सय ७६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

यस पुर्ब पनि डडेल्धुरा बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघ नै जितेको थियो ।नेबिसंघका दुर्गा भट्टले नेविसंघ ९बीपी० का मदन बोहरालाई हराएका थिए ।


६ चैत २०८१, बुधवार ०८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु