punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उद्धारका लागि तीन जिल्लामा पठाइयो सेनाको हेलिकप्टर, २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिए

Chaupati
safha napa

काठमाडौं । गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ।

शनिबार दिउँसोपछि मौसम सामान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्धारका लागि सेनाको हेलिकप्टर काभ्रेपलाञ्चोक, मकवानपुर र सिन्धुली पाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

‘प्रभावित क्षेत्रमा मौसम प्रतिकूल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन’ उनले भने, ‘मौसममा सुधार आएपछि तीन वटा जिल्लामा सेनाका हेलिकप्टर पठाएका छौं।’

सेनाको हेलिकप्टरले शनिबार काठमाडौं उपत्यका लगायत विभिन्न प्रभावित स्थानबाट उद्धार गरेको थियो।

विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपदमा परेकाहरूको खोज तथा उद्धारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारू गर्न सरकार लागि परेको बताए।

 


१२ असोज २०८१, शनिवार १९:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु