punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

त्रिविले स्थगित गर्‍याे आइतबारको परीक्षा

Chaupati
safha napa

काठमाडौँ।देशभर अविरल वर्षा र बाढीले जनजीवन प्रभावित भएको त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरिरहेको परीक्षा स्थगित भएको छ।

असोज १० गतेदेखि सञ्चालनमा रहेको मानविकी, शिक्षाशास्त्र तथा व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत स्नातक तह दोस्रो वर्ष २०८० आंशिकतर्फको बीए, बीएड, बीबीएस र बीएस्सीको १३ गते आइतबार तोकिएको परीक्षा स्थगित गरिएको हो।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले १३ गते हुने परीक्षाहरू देशभर उत्पन्न भएको मौसमको प्रतिकूलताका कारण स्थगित गरिएको जनाएको छ। उक्त परीक्षाहरु असोज २१ गते यसअघि कायम गरिएको समयमा र परीक्षा केन्द्रहरुमा सञ्चालन हुने गरी तोकिएको कार्यालयले जनाएको छ।

कार्यालयले सम्पूर्ण केन्द्राध्यक्षहरुलाई १३ गते हुने गरी उल्लेख गरिएका सम्पूर्ण प्रश्नपत्रहरुका प्याकेटहरु नखोली सुरक्षित साथ मिति २१ गते प्रयोग गरिदिन पनि अनुराेध गरेको छ।

 


१२ असोज २०८१, शनिवार १९:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु