नागढुंगा-नौबिसे सडक खण्डबाट निकालियो १४ जनाको शव
काठमाडौँ। नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर मृत्यु भएका १४ जनाको शव निकालिएको छ ।
सशस्त्र प्रहरीका अनुसार ती शवहरू पहिरोमा परेका तीनवटा बसबाट निकालिएको हो। बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको हो।
शनिबार अविरल वर्षाका कारण त्रिभुवनराजमार्ग अन्तर्गत चन्दागिरि नगरपालिका वडा नम्बर २ र धादिङको सिमानामा पर्ने नागढुंगा-नौबिसे सडक खण्डको झ्याप्लेखोलामा पहिरो झरेको थियो।
सशस्त्र प्रहरी बल नेपाल नं १८ निलबाराही गणबाट डिएसपीको कमान्डरमा ३५ जना टोली उद्धार र खोजीमा खटिएको छ।
१२ असोज २०८१, शनिवार २०:५७ बजे प्रकाशित