punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा संसदीय समितिको निर्वाचन स्थगित, कांग्रेस–एमालेबीच भागबन्डा मिलेन

Chaupati
safha napa

धनगढी। सुदूरपश्चिममा संसदीय समितिको निर्वाचन स्थगित भएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबन्डा नमिलेपछि बिहीबारका लागि तय भएको निर्वाचन स्थगित भएको हो।

राजनीतिक सहमतिका लागि अधिकत्तम प्रयास भइरहेको भन्दै सत्तारुढ दलका प्रमुख सचेतकहरूले भेटेरै सभामुखलाई निर्वाचन सार्न आग्रह गरेका थिए।

कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमालेका प्रमुख सचेतक चक्र मल्ल र नागरिक उन्मुक्तिका प्रमुख सचेतक इन्दिरा गिरीले संयुक्त रूपमा सभामुख भीम भण्डारीलाई समिति बाँडफाँडमा सहमति नजिक पुगेको भन्दै केही दिनलाई निर्वाचन प्रक्रिया स्थगित गर्न आग्रह गरेका थिए।

सुदूरपश्चिम प्रदेशका चार वटा विषयगत समिति छन्। अहिले विधायन तथा प्रदेश मामिला समिति मात्रै निर्वाचित सभापति दिवासिंह विष्टको नेतृत्वमा चलिरहेको छ। ती बाहेकका अन्य तीन समिति ज्येष्ठ सदस्यको भरमा छ। निर्वाचन हुनुपर्ने तीन समितिमा कांग्रेस, एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीले दाबी गरेपछि सहमति जुट्न नसकेको हो।

 


११ असोज २०८१, शुक्रवार १५:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु