punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली र कञ्चनपुरबाट ८ लाख बढीको अवैध सामान बरामद

Chaupati
safha napa

धनगढी । कैलाली र कञ्चनपुरबाट ८ लाख बढीको अवैध सामान बरामद गरेको छ । प्रहरीले दुबै जिल्लाका विभिन्न स्थानबाट ८ लाख ३० हजार ५६० मूल्य बराबरको अवैध सामान फेला परेको हो । बिहीबार साँझ कैलालीको गोदावरी नगरपालिका ३ चौकीडाँडाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी ५ लाख ३ हजार ९८० मूल्यको साडी, पाइन्ट, क्रिकेट ब्याग, थान कपडा, चाबी गुच्छा, टिपेक्स लगायतका सामानसहित कञ्चनपुरको वेदकोट नगरपालिका ६ बस्ने २८ वर्षका देवराज भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

यसैगरी प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिका ३ बडरा र ट्राफिक चौराहबाट भन्सार छलीका अन्दाजी ६९ हजार २५० मूल्यको प्याज, चिनी, मिश्री, मिठाई, काजु, ज्वानो, सरप, दाल, तिलको तेल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताए ।

बिहीबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका ४ बसपार्क, भीमदत्त ११ भन्सार कार्यालय नजिक, वेदकोट नगरपालिका १० चम्फापुर र बेलौरी नगरपालिका १ सिसमघारीबाट भन्सार छलीका अन्दाजी २ लाख ५७ हजार ३३० मूल्यको प्याज, चिनी, पेय पदार्थ, हार्डवेयरका सामान, कस्मेटिक सामान, ट्याक्टरको क्लोज प्लेट लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरीले बताए ।

 


११ असोज २०८१, शुक्रवार १४:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु