punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा यात्रु सवार जिप दुर्घटना, ६ जना घाइते

Chaupati
safha napa

बैतडी । बैतडीमा यात्रु सवार जिप दुर्घटना भएको छ।

जिल्लाको छेला–दुर्गाभवानी सडकको डुवापानीमा से१ज ३२० नम्बरको बोलेरो जिप गएराति १०ः३० बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा परेर चालकसहित ६ जना घाइते बैतडीको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।

घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलिप नाथ, सोहि ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ,१६ वर्षीय सुशील नाथ र जिप चालक दशरथ नाथ रहेका छन्। घाइते मध्ये दिलिपको अवस्था गम्भीर रहेको छ। दिलिपलाई जिल्ला अस्पतालमा उपचार हुन नसक्दा थप उपचारको लागि धनगढी रेफर गरिएको छ।

अन्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। जिप सडकबाट १० मिटर तल खसेर सल्लाको रूखमा अड्किएको ढुंगानाले बताए। आठजना सवार रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको बताइएको छ। सवार दुईजना भने सकुसल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


११ असोज २०८१, शुक्रवार १२:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु