सुनको मूल्यले राख्यो नयाँ रेकर्ड
काठमाडौँ। लगातार उकालो लागेको सुनको मूल्य आज नयाँ रेकर्ड कायम गरेको छ । तोलामा पाँच सय रुपियाँले वृद्धि हुँदा सुन हालसम्मकै महँगो हुन पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार सात सय रुपियाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ मूल्य निर्धारण गरेको छ ।
११ असोज २०८१, शुक्रवार १२:१४ बजे प्रकाशित