punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीका  प्रकाश चन्द एसियन कराँते महासङ्घको रेफ्री

Chaupati
safha napa

धनगढी : कराँतेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दले एसियन कराँते महासङ्घबाट रेफ्री पास गरेका छन्। एसियन कराँते महासङ्घको आयोजनामा फिलिपिन्सको राजधानी मनीलामा सम्पन्न भयको २२ औँ एसियन कराँते प्रतियोगिता तथा रेफ्री सेमिनारमा सहभागी भएका उनले त्यहीबाट लिखित र प्रयोगात्मक परीक्षा पास गरेर  रेफ्री पासको लाइसेन्स पाएका हुन्।

३२ देशमा २०० बढि रेफ्रीहरूले सहभागिता जनाउँदा चन्दसहित ९७ जना मात्रै उत्तीर्ण भएका थिए। नेपाल कराँते महासङ्घ राष्ट्रिय रेफ्री कमिसन सदस्य रहेका चन्दले यस अघि भारतको नयाँ दिल्लीबाट जज बी, उज्बेकिस्तानबाट जज ए र अहिले फिलिपिन्सबाट रेफ्री बी पास गरेका हुन् । उनी  राष्ट्रिय खेलकुद परिषद्का कराँते प्रशिक्षक तथा राष्ट्रिय गोजुरियो कराँते दो सङ्घ नेपालका निमित्त प्रमुख प्रशिक्षक समेत हुन्।


७ भदौ २०८१, शुक्रवार १५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु