punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बडिमालिकामा भक्तजनको घुइँचो

Chaupati
safha napa

प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकामा आइतबार बिहानैदेखि पूजाआजा चलिरहेको छ । हरेक वर्षको भाद्र शुक्ल चतुर्दशी (जनैपूर्णिमाको अघिल्लो दिन) बडिमालिका मन्दिरमा पूजाआजा हुने प्रचलन छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत आइतबार विहान ‘बडिमालिका उत्सव’ भन्दै शुभकामना व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाजुरा, डोटी, जुम्ला र कालीकोटबाट हिँडेका सरकारी टोली धार्मिक परम्पराअनुसार शनिबार बाजुरामा पर्ने बडिमालिका मन्दिर पुगिसकेका छन् ।

तीर्थालु भक्तजन शुक्रबार त्रिवेणीमा, शनिबार बिहान त्रिवेणीमा स्नान गरेर साँझ बडिमालिकामा पुगेका छन् ।

समुद्री सतहदेखि ४ हजार २ सय १६ मिटर उचाइमा रहेको बडिमालिकामा चलिरहेको पुूजाआजामा हजारौंको संख्यामा भक्तजनको घुइँचो रहेको त्रिवेणी नगरपालिकाका प्रमुख कर्णबहादुर थापाले बताए । ‘नेपाल र भारतका विभिन्न ठाउँबाट तीर्थालु भक्तजन र पर्यटक बडिमालिका पुगेका छन्,’ नगरप्रमुख थापाले भने ‘बडिमालिका पुग्ने पर्यटकको संख्या पनि बर्सेनि बढिरहेको छ ।’ त्रिवेणीमा स्नान गरी बडिमालिका माताको दर्शन गर्नाले आफूले इच्छाएका सबै मनोकांक्षा पूरा हुने जनविश्वास हिन्दुू धर्मावलम्बीमा रहिआएको छ ।

भक्तजनहरू आइतबार बिहान बडिमालिका पुजाआजा सकेर फर्किने छन् । बडिमालिकाबाट फर्केर उनीहरू आइतबार साँझ त्रिबेणी नगरपालिकाको नाटेश्वरी पुग्ने छन् । बडिमालिका दर्शन गरिसकेपछि नाटेश्वरी भगवतीको दर्शन गर्नुपुर्न धार्मिक मान्यता रहिआएको छ । रक्षाबन्धनका दिन नाटेश्वरीमा पूजाआजा गरिसकेपछि तीर्थालु आ–आफ्ना गन्तव्यतर्फ फर्किने प्रचलन रहिआएको छ ।

यसैबीच बडिमालिका तीर्थयात्रामा रहेकामध्ये तीन जना यात्रु शुक्रबार त्रिवेणीमा अक्सिजनको कमी भएर बिरामी परेका थिए ।

बाजुराका प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको समन्वयमा प्राथमिक उपचारबाट सञ्चो नभएपछि शनिबार अछामका चौरपाटी गाउँपालिका–५ लुङग्राकी अन्दाजी ६३ वर्षीया पवना खड्कालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि सुर्खेत पठाइएको बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले बताए ।

बाजुराबाट जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वास्थ्यकर्मीको टोली बडिमालिकामा परिचालित रहेको छ ।


२ भदौ २०८१, आइतवार १२:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु