punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बङ्गलादेशको अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह

Chaupati
safha napa

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी बनाउन आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गरी सो आग्रह गर्नुभएको हो ।

“महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बङ्गलादेशमा शान्ति पुनरस्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गर्नुभएको छ” महासचिवका उप–प्रवक्ता फरहान हकले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। “उहाँले महिला, युवा, अल्पसङ्ख्यक, आदिवासी समुदायका साथै जनताको आवाजलाई ध्यानमा राख्दै समावेशीताको प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गर्नुभयो ।”

बढ्दो विरोधविच आवामी लिगकी नेतृ शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बङ्गलादेशले हाल अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ । मुख्यतया सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो ।

देशमा चलिरहेको हिंसाको क्रममा बेपत्ता भएका परिवारका सदस्यहरूको पोस्टर लिएर विरोध प्रदर्शन गरिरहेको अल्पसङ्ख्यक हिन्दू समुदायका सदस्य र बङ्गलादेशी सेनाबिच मङ्गलबार झडप भएको थियो ।

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले मङ्गलबार ढाकाको ऐतिहासिक ढाकेश्वरी मन्दिरको भ्रमण गर्दै अल्पसङ्ख्यकलाई देशमा सुरक्षा कायम गर्ने आश्वासन दिनुभएको थियो । रासस एएनआई


३० साउन २०८१, बुधवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु