punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला, ज्यान गुमाउने पनि बढे

Chaupati
safha napa

धनगढी, साउन १७ । विश्वमा कोरोना भाइरसबाट ६ लाख ६८ हजार भन्दा बढीको मृत्यु भएको छ । १ करोड ७१ लाख भन्दा बढी संक्रमित भएका छन् ।

कोरोनाबाट धेरै प्रभावित देशमध्ये भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म ३६ हजार ५५१ जनाको मृत्यु भएको छ । त्यहाँ अहिलेसम्म १६ लाख ९७ हजार ५४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ १० लाख ९५ हजार ६४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

भारतमा ५ लाख ६४ हजार ८५६ जना उपचाररत छन् । त्यस्तै भारतमा शुक्रवार मात्रै अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् ।

त्यहाँ शुक्रवार एकैपटक ५७ हजार ७०४ जना नयाँ संक्रमित थपिएका छन् भने ७६५ जनाको मृत्यु भएको छ ।


१७ साउन २०७७, शनिवार ०१:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु