आज साउनको तेस्रो सोमबार, शिवालयहरुमा भक्तजनको घुइँचो

धनगढी । आज साउनको तेस्रो सोमबार । सोमबारको ब्रत बस्ने भक्तजनहरुको आज बिहानै शिवालयहरुमा घुइँचो लागेको हा ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयहरुमा व्रतालु तथा श्रद्धालुको भीड लागेको हो ।

यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ ।

आजका दिन काठमाडौंको पशुपति मन्दिरसहित देशैभरका शिवालयहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।


२१ साउन २०८१, सोमवार ०७:३८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु