जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
रोल्पा । ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले माडी गाउँपालिका–६ अंमराईबोट बस्ने २४ वर्षीय दिपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बिकले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेको भनी उजुरीको आधारमा इलाका प्रहरी कार्यालय घर्तिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२० साउन २०८१, आइतवार १९:४३ बजे प्रकाशित













