punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसपीएद्वारा आयोजित वक्तृत्वकलामा यशोदा जोशी प्रथम

Chaupati
safha napa

धनगढी । गुरु पूर्णिमा को अवसरमा धनगढीस्थित सुदूर पश्चिमाञ्चल एकेडेमीमा (एसपीए) आयोजित वक्तृत्वकला प्रतियोगितामा यशोदा जोशी प्रथम भएकी छन् ।

सुदूर पश्चिमाञ्चल क्याम्पस विद्यार्थी परिषदको आयोजनामा भएको प्रतियोगितामा यशोदा जोशीले पहिलो, आशिका पोख्रेल दोस्रो, दमयन्ती धामी तेस्रो र दीपिका बोगटी सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

वक्तृत्वकला कार्यक्रममा बि.बि.एस. पहिलो वर्षमा अध्ययनरत दमयन्ती धामी, दीपिका बोगटी, यशोदा जोशी, कक्षा १२ मा अध्ययनरत आशिका पोख्रेल र हिमानी चन्द गरी पाँच जनाले भाग लिएका थिए ।

यस्तै गुरु पूजन तथा वक्तृत्वकला कार्यक्रममा कलेजमा अध्यापन गराई राख्नु भएका शिक्षकहरूलाई डायरी, डटपेन र पुष्प गुच्छा प्रदान गरी मिठाई खुवाउँदै सम्मान भाव प्रकट गरिएको र वक्तृत्वकला कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

सो अवसरमा सम्पूर्ण प्राध्यापक, शिक्षकहरूको प्रतिनिधित्व गर्दै एसपीए कलेजका बि.ए., बि.एड. तथा एम।एड संकायका विभागीय प्रमुख उपप्रा.डा. देवेन्द्र प्रसाद भट्ट दीप्तले विद्यार्थीहरूको सम्मान भावले निकै नै हर्षित तुल्याएको बताउँदै यो अवसरका लागि धन्यवाद ज्ञापन गरेका छन् ।

वक्तृत्वकला कार्यक्रममा निर्णायकको भूमिकामा एसपीए कलेजमै कार्यरत उप–प्राध्यापकहरू ऐन जप्रेल, टंक जोशी र रमेश जोशी रहेका थिए ।


६ साउन २०८१, आइतवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु