दक्षिण एसियाली करातेमा नेपालले एकैदिन जित्यो आठ स्वर्ण
काठमाडौं । भुटानको थिम्पुमा आजदेखि सुरु आठौं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालले एकैदिन आठ स्वर्ण जितेको छ ।
प्रतियोगिताको पहिलो दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरु सिनियर महिला एकल कातातर्फ एलिसा रास्कोटी मगर, पुरुष एकल कातामा स्वनिम मानन्धर, महिला –२१ वर्षतर्फ सन्जु देशार र पुरुष क्याडेटतर्फ रेहान जावेद छन् ।
एलिसाले सेमिफाईनलमा भुटान र फाईनलमा भारतलाई पराजित गरिन भने स्वनिमले सेमिफाईनलमा श्रीलंका र फाइनलमा भारतलाई पराजित गरेका थिए।
त्यसैगरि सन्जुले फाईनलमा भुटानलाई पराजित गरिन् भने रेहानले भारतलाई पराजित गरि नेपाललाई स्वर्ण पदक दिलाए।
त्यसैगरि जुनियर पुरुष कातातर्फ भने नेपालका अमृत थोकर भारतसँग पराजित हुन पुगे र जुनियर तर्फकै महिला एकल कातामा फाईनलमा श्रीलंकासंग पराजित भई नेपाल कि रेनिशा रिमालले रजत पदकमा चित्त बुझाए।
त्यसैगरि सिनियर महिला र पुरुष टिम काता, जुनियर महिला तथा पुरुष टिम कातामा समेत स्वर्ण पदक हात पारेको नेपाल कराते महासंघले जनाएको छ ।
३ साउन २०८१, बिहीवार १८:३६ बजे प्रकाशित































