#belauri nagarpalika
#belauri

कोरोनाकालमा बन्द भएको तिङ्करनाका खुल्यो, व्यापारीको चहलपहल

#belauri
#bhimdat

दार्चुला । नेपाल–चीन सीमानाका तिङ्कर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ ।

बुधबार व्यास गाउँपालिका–१ छाङ्रुका १५ र तिङ्करका १२ गरी २७ जना व्यापारी उक्त नाकाहुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो ।

चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् । कोरोनाकालदेखि बन्द रहेको तिङ्करनाका हालै खुलेको हो ।

नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ ।


३ साउन २०८१, बिहीवार १२:०१ बजे प्रकाशित

#belauri nagarpalika
dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु