punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा बजेट शून्यता, आर्थिक गतिविधि ठप्प

Chaupati
safha napa

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि बजेट पारित गर्न नसक्दा बजेट शून्यताको अवस्था सृजना भएको छ ।

आजदेखि नयाँ आर्थिक वर्ष सुरु भएपनि बजेट नहुँदा आर्थिक गतिविधि ठप्प भएको छ । सरकारले प्रदेशसभा बैठकमा १ असारमा प्रस्तुत गरेको बजेट पास हुन नसक्दा खर्चलगायतका आर्थिक गतिविधि ठप्प भएको हो ।

असारमा बजेट पास गरेर साउनदेखि त्यसको कार्यान्वयन हुँदै आएको छ । सरकारले अघि सारेको बजेटअनुसार राजश्व उठाउन सुरु गरिन्छ । तर, यस वर्ष बजेट पास नहुँदा ती प्रक्रिया सबै रोकिएका छन् ।

प्रदेशका अर्थसचिव झलकराम अधिकारी समयमै बजेट पास नहुँदा प्रदेश सरकारको आर्थिक गतिविधि ठप्प भएको बताए ।

देशका अन्य सबै प्रदेशमा बजेट पास भइसकेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा मात्रै बजेट पास नभएको हो । राजनीतिक स्तरबाट यसलाई समाधान गर्नुपर्ने अर्थ सचिव अधिकारीको भनाइ छ । बजेट पारित गर्न नसकेमा संसद् अधिवेशन अन्त्य गरेर या अध्यायदेशमार्फत् बजेट पारित गर्न सकिने उनको भनाइ छ ।

एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले बजेट पास नहुनुको जिम्मेवारी मुख्यमन्त्री दीर्घराज सोडारीले लिनुपर्ने बताए । उनले मुख्यमन्त्रीसँग स्पष्ट बहुमत नहुँदा पनि राजीनामा नदिनु नै गलत भएको बताए ।


१ साउन २०८१, मंगलवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु