punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टीकापुरको जोखिम संवेदनशील भूउपयोग योजनाबारे छलफल

Chaupati
safha napa

टीकापुर । जिल्लाको टीकापुर नगरपालिकाको जोखिम संवेदनशील भूउपयोग योजनाको अन्तिम मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ । नगरपालिकाको भूउपयोग योजना लागू भएमा सहरी विकास र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने जनाइएको छ ।

भूउपयोग योजनामा सहरी अवस्था विश्लेषण, बहुविपद् जोखिम मूल्याङ्कन, बहुक्षेत्रगत जोखिम क्षमता विश्लेषण, सहरी जनसङ्ख्या र स्थानीय वृद्धिको प्रवृत्ति, भूउपयोग क्षेत्र निर्धारण योजना, प्रस्तावित भूउपयोग नीतिलगायत विषय समेटिएका छन् ।

योजनामा नगरपालिका र वडास्तरका बहुविपद्हरूको पहिचान र नक्साङ्कन गरिएको छ । कृषि, सडक, भवनजस्ता क्षेत्रमा जोखिमको स्तर मूल्याङ्कन गरिएको छ । बहुविपद् जोखिम मूल्याङ्कनका आधारमा वडामा रहेका जग्गालाई अति उच्च जोखिम, उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम वर्गमा वर्गीकरण गरिएको छ ।

कार्यक्रममा सहजीकरण गर्दै परामर्शदाता डा सञ्जय उप्रेतीले योजना निर्माण गर्दा विभिन्नखाले अध्ययन गरिएको बताउनुभयो । “बहुविपद्का दृष्टिले वडा नं १ कम जोखिममा र वडा नं ८ उच्च जोखिममा रहेको वडाका रूपमा राखिएको छ”, उहाँले भन्नुभयो, “वडा नं २, ५ र ६ मध्यम जोखिम वडाका रूपमा छन् । वडा नं ५, ७ का धेरै बस्तीलगायत वडा नं ६ र ९ का दैलेखपुर र पायलगाउँ बाढीको उच्च जोखिममा रहेका छन् ।”

उहाँले बुहप्रकोपसँगै सकङ्टासन्न जोखिम आकलन विश्लेषण गर्दा उच्च जोखिममा रहेका क्षेत्रमा निर्माण, घर बनाउन निषेध गर्नुपर्ने बताउनुभयो । “हामीले योजनामा उच्च जोखिममा रहेका क्षेत्रमा पालिकाले विकास निर्माणका कार्य नगर्ने, घर बनाउन अनुमति दिन हुँदैन भन्ने उल्लेख गरेका छौँ”, उहाँले भन्नुभयो, “जोखिम विश्लेषण गर्दा उच्च जोखिममा रहेका क्षेत्र निर्माणका लागि निषेधित गरेमा क्षति न्यूनीकरणमा सहयोग पुग्छ ।”

भूउपयोग योजनामा भूउपयोग क्षेत्रलाई ११ वर्गमा वर्गीकरण गरिएको छ । यसमा मिश्रित सहरी क्षेत्र, सहरी विस्तार क्षेत्र, सहरी बजार क्षेत्र, संस्थागत क्षेत्र, औद्योगिक क्षेत्र, ग्रामीण बजार क्षेत्र, न्यून जनघनत्व ग्रामीण आवासीय क्षेत्र, कृषि क्षेत्र, वन क्षेत्र, खुला क्षेत्र र नदी र जल क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ ।

भूउपयोग योजनाले सुरक्षित क्षेत्रहरूमा विकासलाई बढावा दिन, प्राकृतिक स्रोतहरूको संरक्षण गर्न विद्यमान सहरी क्षेत्र र ग्रामीण बजार वरपर कृषि भूमि र पूर्वाधारको विस्तारलाई बढावा दिने काम गर्छ । यसका साथै नगरपालिकाको भूउपयोग नीति निर्माण गरिएको छ ।

इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख भूमिश्वर पोखरेलले योजना बनाएमा पालिकालाई आउँदा दिनमा सहरी विकास गर्न, हरेक वडामा लगानी गर्दा सहज हुने बताउनुभयो । “भूउपयोग योजनापछि कुन क्षेत्रमा के गर्ने, कस्ताखाले विकास गर्ने भन्ने योजना बनाउन सहज हुन्छ”, उहाँले भन्नुभयो, “विपद् न्यूनीकरणमा यो योजनाले थप सहयोग पुग्छ ।”

टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारूको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रमुख विश्वराज अधिकारीले जथाभावी हुने उत्खननले विपद् निम्त्याएकाले यस्ता विषय समावेश हुनुपर्ने बताउनुभयो ।


१ साउन २०८१, मंगलवार १०:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु