punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

Chaupati
safha napa

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको पाइएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंगलवार बिहान चारवटा प्रदेशमा वर्षा भइरहेको छ । मधेश, बागमती र गण्डकीका केही र कोशीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसो बागमती, गण्डकी र लुम्बिनीका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै गण्डकीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी राति पनि वर्षाको सम्भावना रहेको पाइएको छ । बागमती, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।


१ साउन २०८१, मंगलवार ०६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु